

साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ


धर्मको आडमा देखिएका गलत प्रवृत्तिहरूको भण्डाफोर गर्ने अभियन्ताका रूपमा पछिल्लो समय चर्चामा रहेकी अभियन्ता वेदीका केसी पक्राउ परेकी छन् ।
प्रहरीले अभियन्ता केसीलाई बिहीबार काठमाडाैबाट पक्राउ गरेको हो । उनी विरुद्ध साइबर ब्युरोले विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको बत्ताएको छ ।
आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने गरेकी वेदीका पछिल्लो समय निकै चर्चामा थिइन् ।
उनले पछिल्ला अन्तर्वार्ता माता, धामी, झाँर्कीका रूपमा समाजमा गलत काम भइरहेको, धर्मका नाममा व्यापार गरी रहेका भन्दै नेपालका चर्चित माता, धामी झाँर्की तथा कथा वाचीकाका बारेमा समेत विवादित कुराहरू बाहिर ल्याएकी थिइन् ।
उनले चर्चित कथा वाचीकाका राधिका दासीका बारेमा बारेमा एउटा टिभी शाेमा बोलेको कुरा विवादित बनेको थियो ।
चर्चित कथा वाचीका राधिका दासीले उनी विरुद्ध उजुरी गरेको बताइएको छ ।


खबर सबै
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने
-
अर्घाखाँची : ऐतिहासिक पौवा ओझेलमा






प्रतिक्रिया