

आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम



आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस, नेपाली कांग्रेस, वीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक, शैक्षिक र नागरिक संस्थाले कार्यक्रम गरी मनाउँदैछन् ।
उहाँ प्रजातान्त्रिक आन्दोलनका अगुवा, मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्छ । साथै नेपाली साहित्य क्षेत्रमा पनि वीपीको योगदान महत्त्वपूर्ण छ । १९७१ साल भदौ २४ गते भारतको वाराणसीमा जन्मिएका वीपी कोइरालाले राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
विशेष गरी २००७ सालको क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ । २०१५ सालको पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो । त्यसपछि वीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरी सत्ता लिएपछि वीपी कोइरालासहित कांग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नुभएको थियो । उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ । वीपीका ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु, आमा र छोरा’ लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सिर्जनाका रूपमा स्थापित छन् ।
वीपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । पार्टीका संस्थापक वीपीको ४५औँ स्मृति दिवस मनाइरहँदा नेपाली कांग्रेस भने सङ्कटको संघारमा छ । वीपी स्मृति दिवस पनि संस्थापन र इतर पक्षले छुट्टाछुट्टै कार्यक्रम गरी मनाउन लागेका छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया