
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण

सन्धिखर्कको नामकरणसँग जोडिएको ऐतिहासिक सन्धिलाई भावी पुस्तासम्म जीवित राख्ने उद्देश्यले सन्धिखर्कस्थित शान्ति बगैँचामा तत्कालीन अर्घा र खाँची राज्यका दुई राजाको पूर्णकदको सालिक स्थापना गरिएको छ ।
युद्धभन्दा शान्ति, मेलमिलाप र सहकार्यको सन्देश बोकेको यो सालिक जिल्लाको ऐतिहासिक पहिचान र पर्यटन प्रवर्धनका दृष्टिले समेत महìवपूर्ण मानिएको छ । सालिकमा तत्कालीन अर्घा राज्यका राजा अचिन्ताय शाह र खाँची राज्यका राजा विक्रम शाह हात मिलाएर सन्धि गरिरहेको दृश्यलाई मूर्त रूप दिइएको छ ।
यही ऐतिहासिक सन्धिका कारण उक्त स्थानलाई ‘सन्धि भएको खर्क’ अर्थात् ‘सन्धिखर्क’ भन्न थालिएको र पछि यही नाम जिल्ला सदरमुकामका रूपमा स्थापित भएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । अर्घा र खाँची राज्यको नाम जोडिएर अहिलेको ‘अर्घाखाँची’ जिल्ला बनेको उहाँको भनाइ छ ।
इतिहास अनुसार नेपाल एकीकरणअघि चौबिसे राज्यकालमा अर्घा र खाँची छुट्टाछुट्टै राज्य थिए । दुई राज्यबिच पटक पटक युद्ध भएपछि अन्ततः दुवैपक्षले युद्धभन्दा शान्ति नै उचित ठहर गर्दै बिच भागमा पर्ने खर्कमा भेट गरी सन्धि गरेका थिए । यही घटनाबाट सन्धिखर्क नाम रहन गएको स्थानीय विश्वास छ ।
चन्द्रप्रभा माध्यमिक विद्यालयका पूर्वशिक्षक तथा इतिहासका जानकार तीर्थराज आचार्यका अनुसार खाँचीका राजा विक्रम शाहले विक्रम संवत् १७२१ देखि १७३४ सम्म शासन गरेका थिए । सोही अवधिमा अर्घाका राजा अचिन्ताय शाहसँग भएको सन्धिको उल्लेख स्थानीय इतिहास र मौखिक परम्परामा पाइन्छ । यद्यपि घटनाका विभिन्न संस्करण रहे पनि सन्धिखर्कको नाम शान्ति र सन्धिसँग जोडिएको विषयमा स्थानीय विश्वास बलियो रहेको उहाँले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले लुम्बिनी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग र नगरपालिकाको समन्वयमा निर्माण गरिएको सालिकले जिल्लाको ऐतिहासिक पहिचान संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै इतिहाससँग परिचित गराउने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीयका अनुसार सुपादेउराली, पाणिनि तपोभूमि, अर्घा दरबार र खाँची दरबार जस्ता गन्तव्यसँगै शान्ति बगैँचाको यो सालिक पनि अर्घाखाँचीको नयाँ पर्यटकीय आकर्षण बनेको छ । इतिहासलाई पुस्तान्तरण गर्ने माध्यमका रूपमा यसको संरक्षण र प्रवर्धन आवश्यक रहेको उनीहरूको भनाइ छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया