
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश

डिलाराम भुसाल : सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभागका विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलले अन्तर्राष्ट्रिय सीमा सुरक्षा, तस्करी नियन्त्रण र राजस्व चुहावट रोक्न सरकारको ुजिरो टोलरेन्सु शून्य सहनशीलता को नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको बताएको छ ।

लुम्बिनी प्रदेशका सीमानाकाहरूको स्थलगत अनुगमनका क्रममा अज आइतबार कपिलवस्तुका मुख्य सीमा नाकाहरू कृष्णनगर, खुनुवा तथा चाकरचौडा भन्सार एरिया पुगेका एआईजी पोखरेलले सीमा ईलाकामा तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै टुटिरहित ढंगले कार्य सम्पादन गर्न सचेत गराएका छन् ।
अनुगमनका क्रममा एआईजी पोखरेलले सीमा क्षेत्रका स्थानीय नागरिकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी उनीहरूको राय र सुझाव समेत लिएको बताएको छ । अन्तर्राष्ट्रिय सीमा सुरक्षा र तस्करी नियन्त्रण जस्ता जनताका प्रत्यक्ष चासोका विषयमा छलफल गर्दै पोखरेलले स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलबीचको बलियो सहकार्यले मात्र सीमा क्षेत्रको शान्ति सुरक्षा र राजस्व संकलनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सीमा ईलाकामा खटिएका हरेक सशस्त्र प्रहरी कर्मचारीले २४ सै घण्टा उच्च सतर्कताका साथ अवैध गतिविधि रोक्न अहोरात्र खटिनु आवश्यक रहेको र यसका साथै, वर्षायाम सुरु भइसकेकाले सम्भावित विपद्को घडीमा नागरिकको जीउ धनको रक्षा गर्न टोली जतिबेला पनि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।
मनसुन सुरु भएसँगै हुनसक्ने सम्भावित बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्लाई मध्यनजर गर्दै एआईजी पोखरेलले विशेष निर्देशन दिदै विपद्को समयमा खबर पाएको ६ मिनेटभित्र आवश्यक उद्धार तथा व्यक्तिगत सुरक्षा सामग्री सहित टोली कार्यक्षेत्रमा परिचालित भई जनताको सेवामा जुट्न सक्ने गरी २४ सै घण्टा स्ट्याण्डबाईु रहन मातहतका निकायलाई निर्देशन दिएको बताएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमा ईलाकामा कार्यसम्पादनलाई अझ उत्कृष्ट र पारदर्शी बनाउन देशव्यापी रूपमा विभिन्न अनुगमन टोलीहरू परिचालन गरिरहेको र सोही क्रममा कपिलवस्तुस्थित २८ नम्बर गण हेडक्वार्टर लगायत अन्य मातहतका युनिटहरूको निरीक्षण गरिएको बताएको छ ।
उक्त अनुगमन भ्रमणमा सशस्त्र प्रहरी बल, नेपाल ५ नम्बर बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति, सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपक अधिकारी, शसस्त्र प्रहरी बलका एस.पि गोपाल अधिकारीको समेत सहभागिता रहेको थियो । कपिलवस्तुको अनुगमन पश्चात एआईजी पोखरेल नेतृत्वको टोलीले रुपन्देही र नवलपरासीका सीमानाकाहरूको समेत थप अनुगमन गर्ने कार्यक्रम रहेको बताएको छ ।


खबर सबै
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण
-
‘भाइकिङ ब्वाय’ हालान्डको आकाशिएको छवि, टिकटकमा सबैभन्दा बढी खोजिए
-
सरकार दसैँसम्म टिकाओ : दुर्गा प्रसाईँ
-
मनसुन सक्रिय : विभागले भन्यो– यी भूभागमा हुनसक्छ ‘अति भारी’ वर्षा
-
‘भाइकिङ ब्वाय’ हालान्डको आकाशिएको छवि, टिकटकमा सबैभन्दा बढी खोजिए
-
सरकार दसैँसम्म टिकाओ : दुर्गा प्रसाईँ
-
मनसुन सक्रिय : विभागले भन्यो– यी भूभागमा हुनसक्छ ‘अति भारी’ वर्षा
-
डिसेम्बरमा बंगलादेश फर्किएर आत्मसमर्पण गर्ने हसिनाको घोषणा
-
फेसबुक र इन्स्टाग्रामको डिजाइनबारे युरोपेली सङ्घको आपत्ति, मेटामाथि कारबाहीको चेतावनी
-
निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू : राष्ट्र बैंक






प्रतिक्रिया