

मनसुन सक्रिय : विभागले भन्यो– यी भूभागमा हुनसक्छ ‘अति भारी’ वर्षा


पछिल्ला दिन देशका धेरै भूभागमा पानी परेको छ । शनिबार (असार २७) पनि काठमाडौंसहित देशका सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
केही स्थानमा यति बेला (शनिबार बेलुका ६ः१५) पनि पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ ।
“हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभागनजिक रहेको छ,” विभागले भनेको छ ।
आइतबार र सोमबार (असार २८–२९) कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा ‘भारी’देखि ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ । मधेसलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
“कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ,” विभागले भनेको छ ।
मनसुन सक्रिय भई भारीदेखि ‘अति भारी’ वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा गेग्य्रान बहाव, बाढीपहिरोजस्ता विपद्को जोखिम हुनसक्छ । आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
…जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध छ,” विभागले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने विभागले जनाएको छ ।



खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया