१९ वर्षमूनीको महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात

एसीसी १९ वर्षमूनीको महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई १०५ रनको फराकिलो अन्तरले हरायो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो । नेपालका लागि साबित्री धामीले सर्वाधिक ५२ रन बनाइन् ।

जितका लागि १३१ रनको लक्ष्य पछ्याएको कतार १२ ओभरमै २५ रनमा अलआउट भयो । रचना चौधरीले र रिया शर्माले समान ३ तथा मनिषा उपाध्यायले २ र अनु कडायतले १ विकेट लिए ।

नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया

खबर सबै