
पेनाल्टीमा गोल गर्न चुकेका कोलम्बियाका स्टार खेलाडीलाई ज्यान मार्ने धम्की

फिफा विश्वकपबाट कोलम्बिया बाहिरिएपछि टोलीका फरवार्ड जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की आएको छ ।
कोलम्बियाली फुटबल महासंघ (एफसीएफ)ले यस घटनाको कडा निन्दा गर्दै दोषीलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरेको छ ।
महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा कुनै पनि खेलाडी वा उनका परिवार तथा नजिकका व्यक्तिलाई देशको प्रतिनिधित्व गरेको कारण धम्की र त्रासमा पार्न नहुने जनाएको छ ।
कोलम्बियाको विश्वकप यात्रा मंगलबार स्विट्जरल्यान्डसँग अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा पराजित हुँदै समाप्त भएको थियो ।
अतिरिक्त समयमा अर्जेन्टिनाको क्लब रोसारियो सेन्ट्रलबाट खेल्ने काम्पाजले पाएको महत्त्वपूर्ण गोल गर्ने अवसर खेर फालेका थिए ।
उनको प्रहार गोलपोस्टभन्दा बाहिरिएपछि कोलम्बियाले ठूलो अवसर गुमाएको थियो ।
खेलपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा काम्पाजले निराश मुद्रामा आफ्नो अनुहार छोपेको तस्बिर सेयर गर्दै सम्मानको अपिल गरेका छन् ।
उनले लेखेका छन्, ‘फुटबलमा कठिन क्षणहरू पनि हुन्छन् । मेरो कोलम्बिया, कृपया हामीले कहिल्यै सम्मान गुमाउनु हुँदैन । हामी फरक सोच्न सक्छौँ, निराश र दुःखी हुन सक्छौँ, तर कुनै पनि आवेगले घृणा फैलाउने वा कसैलाई डरमा बाँच्न बाध्य पार्ने अधिकार दिँदैन ।’
धम्कीको घटनापछि कोलम्बियाली फुटबल महासंघले देशको महान्यायाधिवक्ताको कार्यालयलाई घटनाको छानबिन तीव्र पार्न र धम्की दिने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गरेको छ ।
महासंघले फुटबल एकता, सम्मान र आशाको माध्यम हुनुपर्ने उल्लेख गर्दै खेलको हार वा निराशा वास्तविक जीवनमा हिंसा, घृणा वा डरको कारण बन्न नहुने बताएको छ।
यो घटनाले कोलम्बियाली फुटबलको एउटा दुःखद इतिहास पनि सम्झाएको छ । सन् १९९४ को विश्वकपमा अमेरिकाविरुद्धको खेलमा डिफेन्डर आन्द्रेस एस्कोबारले आत्मघाती गोल गरेका थिए ।
त्यस खेलमा २–१ ले पराजित भएर कोलम्बिया प्रतियोगिताबाट बाहिरिएको केही दिनपछि स्वदेश फर्केका एस्कोबारको मेडेलिनमा गोली हानी हत्या गरिएको थियो ।


खबर सबै
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण
-
‘भाइकिङ ब्वाय’ हालान्डको आकाशिएको छवि, टिकटकमा सबैभन्दा बढी खोजिए
-
सरकार दसैँसम्म टिकाओ : दुर्गा प्रसाईँ
-
मनसुन सक्रिय : विभागले भन्यो– यी भूभागमा हुनसक्छ ‘अति भारी’ वर्षा
-
‘भाइकिङ ब्वाय’ हालान्डको आकाशिएको छवि, टिकटकमा सबैभन्दा बढी खोजिए
-
सरकार दसैँसम्म टिकाओ : दुर्गा प्रसाईँ
-
मनसुन सक्रिय : विभागले भन्यो– यी भूभागमा हुनसक्छ ‘अति भारी’ वर्षा
-
डिसेम्बरमा बंगलादेश फर्किएर आत्मसमर्पण गर्ने हसिनाको घोषणा
-
फेसबुक र इन्स्टाग्रामको डिजाइनबारे युरोपेली सङ्घको आपत्ति, मेटामाथि कारबाहीको चेतावनी
-
निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू : राष्ट्र बैंक






प्रतिक्रिया