सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सर्प खेलाउँदै गर्दा उसले डसेर २३ वर्षका युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीका अनुसार छत्रदेव १ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साँझ टोकेपछि गम्भीर घाइते भएका थिए ।

सर्पले डसेलगत्तै उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुग्नासाथ चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए ।

प्रतिक्रिया

खबर सबै