

किन हुँदै छ राहदानी सेवा दुई दिन बन्द ?

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यही असार २९ गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजाने लागेको भएको छ।
विभागले शुक्रबार सूचना जारी गर्दै नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको जानकारी दिएको हो।
साथै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला/ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने विभागले जनाएको हो।
जिल्ला/इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म ३ दिनसम्म बन्द हुनेछ।
त्यसैगरी, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुनेछ।
साथै, यही असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सुरू हुने विभागले जानकारी गराएको छ।
पासपोर्ट छपाइको ठेक्का पाएपछि जर्मन कम्पनीहरूले नयाँ इ–पासपोर्ट छाप्ने तयारी अन्तिम चरणमा पुर्याएका छन्।
आफूहरूले सबै तयारी पूरा गरेको जानकारी जर्मन कम्पनीहरूले विभागलाई लिखित रूपमा दिइसकेका छन् र आफ्ना कर्मचारीहरूको सुरक्षाको प्रबन्ध मिलाइदिन पनि अनुरोध गर्दै पत्र लेखेका छन्।
प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले असार १ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई सिंहदरबारमा बोलाएर करिब ८-९ घण्टा ‘थुनेर’ राहदानी ठेक्का प्रकरणमा मुद्दा चलाउन बाध्य पारेका थिए।
अख्तियारका पदाधिकारीहरूले त्यहीँ बसेर राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र आइटी निर्देशक सुनिल केसीविरूद्ध पक्राउ पुर्जी जारी गर्न लगाएका थिए।
त्यसपछि अख्तियारले तीव्र गतिमा अनुसन्धान अघि बढाएर गएको हप्ता राहदानी ठेक्का प्रकरणमा १८ जनाविरूद्ध मुद्दा हालेको छ।
प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको दबाबका बाबजुद परराष्ट्रमन्त्रीले जर्मन कम्पनीबाटै नयाँ पासपोर्ट छपाउने काम अघि बढाउन भने पछि असार २९ देखि जर्मन प्रणालीबाट पासपोर्ट छापिने भएको हो।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया