जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन

रामबहादुर गन्धर्व । कपिलवस्तुकाे कृष्णानगर नगरपालिका ५पुरषाेतमपुर स्थित श्री जनता आधारभुत बिद्यालयकाे ब्यवस्थापन समितिकाे निर्वाचन सम्पन्न भएको छ। साेमबार बिद्यालयकाे प्रङ्गणमा भएको निर्वाचनले बदलु रैदासकाे अध्यक्षतामा सात सदस्यीय व्यवस्थापन समिति निर्वाचन गर्न सफल भएको बिद्यालय परिवारले बताएको छ।

कुल २७१मध्ये रैदासले उनका प्रतिशप्रधि मनाेज जैसवाललाई १०९ मतान्तरले पछाडि पार्दै १५०मत प्राप्त गरि उनी बिजयी भएका हुन ।

त्यस्तै सदस्यहरूमा सुनरा पासी १४९,मन्टेश्वर प्रसाद मौर्य १४६,रामकुमार गुप्ता १०५,सकुन्तला चमार १४६ ,बसाेधरी मुराय १०४ र नब्बुत खातुन १०३मत सहित बिजय भएको बिद्यालयले जनाएको छ।

नवनिर्वाचित पदाधिकारीहरूलाई वडा न.९का अध्यक्ष सतिस कुमार हरिजन,सदस्य गौरीशंकर हरिजन ,दलित सशक्तीकरणका अध्यक्ष डम्बर सिंह सुनारले कार्य सफलताको शुभकामना दिएका थिए।

प्रतिक्रिया

खबर सबै