

लुम्बिनीमा विपतको चार दिन : एक हजार दुई सय व्यक्ति विस्थापित



लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा भएका विपत्का घटनाबाट एक हजार २८० जना विस्थापित भएका छन् । चार दिनका घटनामा प्रदेशका विभिन्न जिल्लामा भएका ७८ वटा विपत्का घटनाबाट छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपत्का कारण प्रदेशभर २७ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । त्यसै गरी १६ वटा घर डुबानमा परेका छन् भने १७० वटा घर जोखिममा रहेका छन् । उक्त अवधिमा विपत्का कारण अनुमानित ४० लाख रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।
विपत्का कारण सबैभन्दा बढी जनधनको क्षति पहिरो र डुबानबाट भएको केन्द्रको विवरणमा उल्लेख छ । चार दिनमा पहिरोका ३१ वटा घटना भएका छन् । पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पहिरोका कारण ४८० जना विस्थापित भएका छन् । पहिरोले १० वटा घर पूर्ण र आठ वटा घरमा आंशिक क्षति पुर्याएको छ भने एक सय वटा घर जोखिममा परेका छन् ।
यस अवधिमा डुबानका २६ वटा घटना भएका छन् । डुबानबाट प्रभावित ७७८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । डुबानका कारण नौ वटा घर पूर्ण र १३ वटा घरमा आंशिक क्षति पुगेको छ भने १६ वटा घर डुबानमा परेका छन् । डुबानका कारण ७० वटा घर जोखिममा रहेका छन् ।
त्यसै गरी प्रदेशमा हावाहुरीका १३ वटा र बाढीका आठ वटा घटना भएका छन् । हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ भने ३५ वटा घरमा आंशिक र एउटा घरमा पूर्ण क्षति पुगेको छ । बाढीका कारण २२ जना विस्थापित भएका छन् भने सात वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जिल्लागत विवरण अनुसार अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपत्का घटना भएका छन् । बाँकेमा १३, गुल्मीमा १० र अन्य जिल्लामा समेत विभिन्न प्रकृतिका विपत्का घटना भएका छन् ।
मानवीय क्षतिको हिसाबले पाल्पा सबैभन्दा प्रभावित भएको छ । पाल्पामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रोल्पामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
विस्थापित हुनेको सङ्ख्या पश्चिम नवलपरासीमा सबैभन्दा बढी छ । त्यहाँ सात सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । गुल्मीमा २९८ र अर्घाखाँचीमा १७१ जना विस्थापित भएका छन् । अन्य जिल्लामा पनि बाढी, डुबान तथा पहिरोका कारण स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
विपत्का कारण घर तथा बस्तीमा मात्रै नभई सार्वजनिक संरचना र आर्थिक गतिविधिमा समेत क्षति पुगेको छ । दाङमा सबैभन्दा बढी २२ लाख १० हजार रुपियाँ बराबरको आर्थिक क्षति भएको छ । पश्चिम नवलपरासीमा पाँच लाख ६० हजार र बर्दियामा पाँच लाख ५७ हजार रुपियाँ बराबरको क्षति भएको केन्द्रको विवरणमा उल्लेख छ । विपत्का घटनाबाट छ वटा गोठ पूर्ण र चार वटा गोठमा आंशिक क्षति पुगेको छ भने ७५ वटा पशुचौपाया क्षति भएका छन् ।
बाढीका कारण दाङ, गुल्मी र रुकुमपूर्वमा एक/एक वटा पुलमा क्षति पुगेको छ । दाङ, रुकुमपूर्व र रूपन्देहीमा एक/एक वटा विद्यालयमा पनि क्षति पुगेको छ । बाँकेमा दुई वटा तथा पश्चिम नवलपरासी, अर्घाखाँची, रुकुमपूर्व र रूपन्देहीमा एक/एक वटा उद्योगमा क्षति पुगेको छ ।
अर्घाखाँची, पश्चिम नवलपरासी, दाङ र पाल्पाका सरकारी कार्यालयमा समेत क्षति पुगेको केन्द्रले जनाएको छ । पाल्पामा दुई वटा सवारीसाधनमा पनि क्षति भएको विवरणमा उल्लेख छ ।


खबर सबै
-
इसराइल उडेको विमानमा दुई पाइलटबीच कुटाकुट, साउदीमा आकस्मिक अवतरण
-
१७ जना सहसचिवको सरुवा, को कहाँ?
-
लुम्बिनीमा विपतको चार दिन : एक हजार दुई सय व्यक्ति विस्थापित
-
सङ्घीय निजामती विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने सरकारकाे निर्णय
-
नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ : प्रधानमन्त्री शाह
-
मौसम पूर्वानुमान महाशाखाले भन्यो- असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक
-
सङ्घीय निजामती विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने सरकारकाे निर्णय
-
नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ : प्रधानमन्त्री शाह
-
मौसम पूर्वानुमान महाशाखाले भन्यो- असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक
-
तिनाउको बाढीले छ घर बगे
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा







प्रतिक्रिया