

काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त रात्री बस विहान ३ बजे कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित २२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको टाउको, छाती, कम्मर, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको बताइएकाे छ । घाइते सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको छ ।
दुर्घटनाका बेला बसमा चालकसहित ४६ जना सवार थिए । घाइते नभएका २४ यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि क्रेनको सहायताले बस हटाएर सडक दुवैतर्फ सञ्चालनमा ल्याइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।


खबर सबै
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले







प्रतिक्रिया