

सन्धिखर्कमा रहेकोे नेशनल प्याथ ल्याबले पिसीआर परिक्षणकालागी स्वाब संकलन गर्ने


मंसीर,४ अर्घाखाँची संवाददाता
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेकोे नेशनल प्याथ ल्याबले पिसीआर परिक्षणकालागी स्वाब संकलन गर्ने भएको छ ।
सन्धिखर्क नगरपालीका १ को मेनरोडमा रहेको नेशनल प्याथ ल्याबले सन्धिखर्क नगरपालीका र जिल्ला जनस्वाथ्य कार्यालय अर्घाखाँचीको अनुमतिमा यही मंसीर ५ गते भोली बाट प्रत्येक दिन बिहान १० बजे देखी दिउँसो ३ बजेसम्म सन्धिखर्कको टुडिखेलमा स्वाब संकलन गरीने नेशनल प्याथ ल्याब सन्धिखर्कका प्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो ।
कोरोना परिक्षणकोलागी सरकारले निजी अस्पताल तथा प्रयोगशालाहरुलाई अनुमती दिएसंगै ल्याबले स्वाब दिएको २४ घण्टा भित्रै रिपोर्ट आउने गरि स्वाब संकलन सुरु गरेको पोख्रेलको भनाइ छ ।
नेपाल सरकारले निर्धारण गरेकै शुल्कमा पिसीआर परिक्षण हुने पनि पोख्रेलले जानकारी दिनुभयो । यसैबिच स्वाब संकलनसंगै कोरोना रिपोर्टकालागी हप्तौं सम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने पनि विश्वास गरीएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया