
समस्याग्रस्त पाटेबाघ पाल्नै समस्या

समस्याग्रस्त भएका पाँच वटा वयस्क र एउटा बच्चा पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले खोरमा राखेर पाल्ने गरेको छ । विभिन्न समयमा नियन्त्रणमा लिइएका ती बाघलाई निकुञ्जको केन्द्रीय कार्यालयस्थित तथा रम्भापुर चेकपोस्टपरिसरमा राखिएका छन् ।
निकुञ्जका अनुसार कार्यालयपरिसरमा दुई वटा भाले बाघ राखिएका छन् भने रम्भापुर चेकपोस्टमा दुई भाले र एक पोथी बाघ राखिएको छ । एउटा बाघको बच्चासमेत संरक्षणमा छ । जङ्गलमा छाडिए फेरि मानव बस्तीमा आक्रमण गर्ने जोखिम रहने भएकाले ती बाघलाई नियन्त्रणमै राखिएको निकुञ्जले जनाएको छ ।
समस्याग्रस्त बाघलाई खोरमा राख्दा निकुञ्जलाई आर्थिक भारसमेत बढ्दै गएको छ । प्रत्येक बाघलाई दैनिक करिब सात केजी मासु खुवाउनु पर्छ । निकुञ्जले दुई दिनमा प्रतिबाघ करिब तीन हजार पाँच सय रुपियाँ खर्चिने गरेको जनाएको छ । यस अनुसार एउटा बाघ पाल्न मासिक करिब ५२ हजार पाँच सय रुपियाँ तथा वार्षिक करिब छ लाख ३० हजार रुपियाँ खर्च हुने गरेको छ । पाँच वटा बाघका लागि मात्रै वार्षिक ३२ लाख रुपियाँभन्दा बढी खर्च भइरहेको निकुञ्जको तथ्याङ्क छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्नु निकुञ्जका लागि चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार बाघलाई दुई फरक स्थानमा सुरक्षित रूपमा राखिएको छ । उहाँले खोरमा राखिएका बाघको नियमित स्वास्थ्य परीक्षणसमेत हुँदै आएको जानकारी दिनुभयो । बर्दियामा बाघ–मानव द्वन्द्वका घटना विगतदेखि नै दोहोरिँदै आएका छन् ।
छ वर्षअघि गेरुवा गाउँपालिका–४, राजीपुरका ६८ वर्षीय लहानु थारूको गाईवस्तु चराउन गएका बेला बाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसै गरी खाता जैविक मार्ग अन्तर्गत कुस्मनिया सामुदायिक वन क्षेत्रमा २०७९ भदौ २६ गते भैँसी चराउन गएका रामदिन थारूको पनि बाघको आक्रमणमा ज्यान गएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार २०५६ सालयता निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणबाट हालसम्म ३५ जनाले ज्यान गुमाइसकेका छन् । मानव बस्ती विस्तार, वन क्षेत्रमा बढ्दो चाप तथा वन्यजन्तुको आवतजावतले द्वन्द्व बढ्दै गएको संरक्षणकर्मीको भनाइ छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया