विप्लव समूह पाल्पाका जिल्ला इन्चार्ज शाही पक्राउ

मंसिर ४ पाल्पा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर शाहीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शाहीसहित विप्लव समूहका पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पनि रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । शाही विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष समेत रहनु भएको छ । पक्राउ परेका शाही र आलेको साथबाट केही शंकास्पद सामग्री पनि बरामद भएको र दुवै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी प्रतीतसिंह राठौरले बताउनु भयो ।

प्रतिक्रिया

खबर सबै