

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत



लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले आज प्रदेशसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख घर्तिमगरलाई प्रदेशसभा भवनमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री तथा प्रदेशसभा सदस्यहरूले स्वागत गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पर्यटन क्षेत्रको प्रवर्द्धन, सडक तथा अन्य पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सुशासनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय समेटिएको छ ।
साथै युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ ।


खबर सबै
-
कपिलवस्तुमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य नीति : हवाई उद्धारदेखि टेलिमेडिसिनसम्म
-
साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुआत
-
समस्याग्रस्त पाटेबाघ पाल्नै समस्या
-
कपिलवस्तु : बुद्धको प्रतिमासहितको बगैँचा अलपत्र
-
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
-
समस्याग्रस्त पाटेबाघ पाल्नै समस्या
-
कपिलवस्तु : बुद्धको प्रतिमासहितको बगैँचा अलपत्र
-
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
-
कपिल प्रज्ञा पुस्तकालयको सातौँ वार्षिक साधारणसभा सम्पन्न
-
बाणगंगामा क्रिकेटको महाउत्सव : प्रथम ग्यालेक्सी क्रिकेट प्रतियोगिता सुरु, वाणगंगा नदीको ढुंगाबाट ऐतिहासिक ट्रफी
-
काभा महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित











प्रतिक्रिया