

तेस्रो ‘डि.वाई.सी कप फुटबल’: डाइ योङ्लाई हराउँदै राजेश स्मृति फाउण्डेसन सेमिफाइनल प्रवेश



पूर्णचन्द्र परियार, बाणगंगा | कपिलवस्तुको बाणगंगा नगरपालिका–२ राजपुरमा जारी तेस्रो “डि.वाई.सी कप” खुल्ला नकआउट फुटबल प्रतियोगितामा डाइ योङ्ग उप्टहवालाई पराजित गर्दै राजेश स्मृति फाउण्डेसन चारनम्बरले सेमिफाइनल प्रवेश गरेको छ । दर्पण युवा क्लव बाणगंगा २ को आयोजनामा जारी उक्त प्रतियोगिताको शनिबारको खेलमा डाइ योङ्गलाई १–० ले पराजित गर्दै राजेश स्मृति फाउण्डेसनले सेमिफाइनल यात्रा तय गरेको हो ।
गत मंगलबारदेखि सुरु भएको उक्त प्रतियोगिता “देशको सर्वाङ्गिण विकास दर्पण युवा क्लबको प्रयास” भन्ने नारासहित आयोजना गरिएको छ । जारी प्रतियोगिगतामा विभिन्न क्षेत्रका १२ वटा फुटबल क्लवहरुले सहभागिता जनाएका छन् ।
दर्पण युवा क्लबका अध्यक्ष हरिप्रसाद घिमिरेका अनुसार खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक दिशामा अघि बढाउने भएका कारण यो प्रतियोगिता आयोजना गरिएको बताए ।
यस्तै खेल संयोजक थानेश्वर सापकोटाले जारी प्रतियोगिता अन्र्तगत आइतबार देखि सेमिफाइनलका खेलहरु सुरु हुने जानकारी दिएका छन् ।
सेमिफाइनल समिकरणमा आयोजक क्लव दर्पण युवा क्लवसहित शनिबारको विजेता टोली राजेश स्मृति फाउण्डेसन पुगेका छन भने फ्रिडम फाउण्डेसन र लब नेपाल पिपराले आफ्नो स्थान सुरक्षित गरेका छन् । सेमिफाइनलका दुबै खेल आइतबार नै हुने खेल संयोजक सापकोटाले जानकारी दिए । यस्तै प्रतियोगिताको फाइनल भिडन्त जेठ १२ गते हुने जनाइएको छ ।
जारी प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ५–५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा समेत पुरस्कार वितरण गरिनेछ ।

प्रतियोगितामा मनकामना सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको छ भने वैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूह सह–प्रायोजकको रुपमा रहेको आयोजकले जनाएको छ । साथै विभिन्न संघसंस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगसमेत रहेको क्लबले जानकारी दिएको छ ।
यसैबीच जारी प्रतियोगितालाई रोचक बनाउने मनसायका साथ पन्ध्र वर्ष मुनिका खेलाडीहरुको खेल पनि संचालन गरिएको छ । यस्तै ४० वर्ष माथिका खेलाडीहरुको पनि प्रतियोगिता आयोजना गरिने जनाइएको छ । जसमा ४ वटा समुहले टिम दर्ता गराएका छन भने उक्त प्रतियोगिता ११ गते हुने क्लवले जानकारी दिएको छ । यस प्रतियोगितामा विजेता र उपविजेताले बोका पुरस्कार पाउने छन ।
प्रतियोगतामा स्थानीय दर्शकहरुले पनि राम्रो साथ दिएका छन् । स्थानीय फुटबल प्रेमीहरु बालबालिका देखि बृद्धबृद्धाहरुसम्मले खेललाई राम्रो साथ दिइरहदा दर्पण युवा क्लवको यो आयोजनाले दर्शकको राम्रो उपस्थिति र साथ पाइरहेको छ ।


खबर सबै
-
तेस्रो ‘डि.वाई.सी कप फुटबल’: डाइ योङ्लाई हराउँदै राजेश स्मृति फाउण्डेसन सेमिफाइनल प्रवेश
-
जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा
-
भारतमा भीषण गर्मी : बिजुली खपतमा कीर्तिमान, चाप बढ्दा ब्ल्याकआउट हुने जोखिम
-
सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ६८ प्रतिशत, सेप्टेम्बरदेखि सञ्चालन लक्ष्य
-
कपिलवस्तु सहित यि जिल्लामा ३ दिन सम्म ४० डिग्री गर्मी
-
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
-
सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ६८ प्रतिशत, सेप्टेम्बरदेखि सञ्चालन लक्ष्य
-
कपिलवस्तु सहित यि जिल्लामा ३ दिन सम्म ४० डिग्री गर्मी
-
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
-
क्यालिफोर्नियामा केमिकल चुहावट, ४० हजार मानिस सुरक्षित स्थानमा सारिए
-
लुम्बिनी प्रदेश नेपालको सबैभन्दा धेरै ‘ख्याउटेपन’ भएको सूचीमा
-
लायन्स क्लब अफ कपिलवस्तुद्वारा “शिव–तुलसा स्मृति छात्रवृत्ति” विद्यार्थीहरुलाई वितरण











प्रतिक्रिया