
सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ६८ प्रतिशत, सेप्टेम्बरदेखि सञ्चालन लक्ष्य

निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ । आयोजनाअनुसार हालसम्म वित्तीय प्रगति भने ५८ प्रतिशत रहेको छ ।
पाँच वर्षको निर्माण अवधि (६० महिना) तोकिएको यस आयोजनामा डिजाइन, स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीकै रहने गरी ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा काम भइरहेको छ । निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) का रूपमा रहने आयोजनाले जनाएको छ ।
आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङमार्गमार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ ।
आयोजनाको सुरुवाती चरणमा केही कानुनी र प्राविधिक जटिलता देखिएका थिए । नेपालमा ईपीसी मोडलको नयाँ अभ्यास भएकाले कागजी प्रक्रियामा समस्या, रुख कटानको अनुमतिमा ढिलाइ तथा बजेट व्यवस्थापनमा देखिएका कठिनाइले आयोजनाको गतिमा असर परेको थियो ।
यद्यपि, हाल ती समस्या समाधानको क्रममा रहेको र म्याद थप (ईओटी) तथा माइलस्टोन समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी अहिले चौथो वर्षको निर्माण अवधिमा छौँ । आउँदो सेप्टेम्बरसम्म इलेक्ट्रो–मेकानिकल जडान तथा सुरक्षाका सम्पूर्ण उपाय सुनिश्चित गरी सुरुङमार्गबाट सवारी साधन सञ्चालन गर्ने लक्ष्य राखेका छौँ ।
सुरुङमार्गसँगै एप्रोच सडक (मेन रोड–१ र २)मा ‘रिजिड पेभमेन्ट’ गर्ने कार्यको समेत स्वीकृति प्राप्त भइसकेको छ । सुरुङमार्ग सञ्चालन भएपछि बाहिरको जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ र ‘स्लोप प्रोटेक्सन’ (भीर संरक्षण) का काम गरिनेछन् । पैदल यात्रुका लागि रकसेडभित्रको बाटो प्रयोगमा ल्याइने तथा बाहिरी भागबाट खानेपानी व्यवस्थापन गरिने योजना छ ।
यस आयोजनाको सुरुवाती लागत अनुमान करिब १० अर्ब रुपियाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपियाँमा सम्झौता गरिएको हो । सिद्धार्थ राजमार्गको यो खण्ड अत्यन्त जोखिमयुक्त रहेकाले यात्राको दूरी छोट्याउनुभन्दा पनि पहिरोजन्य जोखिमबाट जनधनको क्षति रोक्नु र सुरक्षित यात्रा सुनिश्चित गर्नु नै सुरुङमार्गको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया