क्यालिफोर्नियामा केमिकल चुहावट, ४० हजार मानिस सुरक्षित स्थानमा सारिए

अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित अरेन्ज काउन्टीको एक हवाई उड्डयन उत्पादन कारखानामा रसायन भण्डारण ट्यांकीबाट केमिकल चुहावट भएको छ । 

ट्यांकी अत्यधिक तातेपछि विषालु ग्यास चुहिन सुरु भएको र भीषण विस्फोटको जोखिम उत्पन्न भएको सीएनएनले जनाएको छ ।

स्थानीय प्रशासनले सावधानीस्वरूप करिब ४० हजार बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आदेश दिएको छ । राहत तथा उद्धार टोलीहरू अवस्थालाई नियन्त्रणमा लिन खटिएका छन् ।

सिह्न्वा समाचार एजेन्सीका अनुसार यो संकट बिहीबार दिउँसो गार्डन ग्रोभ सहरमा रहेको ‘जीकेएन एयरोस्पेस’ कम्पनीको प्लान्टमा सुरु भएको हो ।

फ्याक्ट्रीमा तीनवटा भण्डारण ट्यांकी रहेको र तीमध्ये एउटाको कुलिङ सिस्टम पूर्णरूपमा फेल भएको हो । 

उक्त ट्यांकीमा ‘मिथाइल मेथाक्रायलेट’ नामक अत्यन्त प्रज्वलनशील र वाष्पशील औद्योगिक रसायन भरिएको थियो । यसको प्रयोग मुख्य रूपमा एक्रिलिक प्लास्टिक निर्माणमा गरिन्छ ।

कुलिङ प्रणाली फेल भएपछि ट्यांकीको तापक्रम खतरनाक स्तरसम्म पुगेको थियो, जसका कारण विषालु ग्यास बाहिर निस्कन थालेको थियो । 

प्रतिक्रिया

खबर सबै