

स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो


स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६२ औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्र स्थानीय तहको बेरुजु २५ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ थपिएको हो ।
जसमा मधेश प्रदेशअन्तर्गतका स्थानीय तहमा बढी समस्या देखिएको पनि महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । यसैगरी प्रदेशतर्फ सातवटै प्रदेश सरकारी कार्यालयहरूको कुल बेरुजु ३० अर्ब ४८ करोड १९ लाख रुपैयाँ पुगेको छ । विगतमा प्रदेशतर्फ जम्मा २६ अर्ब २८ करोड १९ लाख रुपैयाँ बराबरको बेरुजु फस्यौंट बाँकी रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब २० करोड रुपैयाँ बेरुजु थपिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी संघीय मन्त्रालयअन्तर्गत विगतमा ३ खर्ब २७ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ बराबरको बेरुजु रहेकोमा पछिल्लो वर्ष ४७ अर्ब ७४ करोड ३० लाख रुपैयाँ थपिँदै कुल बेरुजु ३ खर्ब ७५ अर्ब ४७ करोड २५ लाख रुपैयाँ पुगेको महालेखापरीक्षकको प्रतिवेदनले जनाएको छ । समीक्षा अवधिमा मुलुकको मेरुजुको आकार ७ खर्ब ३३ अर्बमाथि पुगेको छ ।
गत वर्षसम्मको बाँकी बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ रहेकोमा समायोजन तथा फस्यौट गरिएको अङ्क घटाई यो वर्षको थप बेरुजु समेत गरी ७ खर्ब ३३ अर्ब १९ करोड पुगेको महालेखापरीक्षकको प्रतिवेदनले जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया