

अर्घाखाँची बस दुर्घटना: मृत्यु हुनेको संख्या चार पुग्यो





अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुडुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
प्रहरीले दुर्घटनामा ४ जनाको ज्यान गएको जानकारी दिदै २७ जना घाइते भएको बताएको छ । मृत्यु हुनेमा पोखरा महानगर-१९ की ७८ बर्षिय राममाया बस्नेत, ७८ बर्षिय विन्दु कुँवर, पर्वत मोदी गाउँपालिका-५ की ५० बर्षिय कौशिला रेग्मी र मोदी- ५ का ४५ बर्षका चालक रमेश जिसी रहेका छन् ।
सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुडुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । घाइतेमध्ये चार जनाको अबस्था गम्भीर रहेको र घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सुपा देउराली दर्शन गरी पर्बत फर्किदै गरेको पर्वतको ध १ ख ५०४ नम्बरको गाडी सडकबाट तल खसेको थियो ।


खबर सबै
-
एसईई नतिजा : युनाइटेड स्टुडेन्ट्स एकेडेमीको शतप्रतिशत सफलता
-
बाणगंगामा एसईई नतिजा : ६७.५० प्रतिशत विद्यार्थी उत्तीर्ण,९ जनाले ल्याए ४ जिपिए
-
चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश











प्रतिक्रिया