

चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा





सन् २०२६ को पहिलो त्रैमासिक अर्थात् जनवरीदेखि मार्चसम्म चीनमा करिब १७ लाख विवाह दर्ता भएका छन् । १.४ अर्ब जनसंख्या भएको देशका लागि यो संख्या निकै कम मानिएको छ ।
समाचार एजेन्सी रोयटर्सले आधिकारिक तथ्यांकलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार यो संख्या सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा ६.२ प्रतिशतले कम हो । सन् २०१७ को पहिलो त्रैमासिकको तुलनामा झन्डै आधाले न्यून हो ।
रोयटर्सका अनुसार विवाह दर्तामा आएको यो गिरावटले चीनमा बढ्दो जनसांखिकीय चुनौतीको स्पष्ट संकेत गरेको छ ।
विवाहको संख्या घट्दै जाँदा जन्मदरमा पनि स्वाभाविक रूपमा गिरावट आएको छ । हाल चीनको जन्मदर रेकर्डकै न्यूनस्तरमा पुगेको छ । विज्ञहरूले आगामी वर्षहरूमा यो अझै घट्न सक्ने चेतावनी दिएका छन् ।
विवाह तथा जन्मदरमा आएको निरन्तर गिरावटका कारण सन् २०२५ मा लगातार चौथो वर्ष चीनको कुल जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएको थियो ।
घट्दो जनसंख्याले दीर्घकालीन रूपमा चीनको श्रम शक्ति, आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
जनसंख्या घट्ने क्रमलाई रोक्न चिनियाँ सरकारले युवालाई विवाह गर्न र सन्तान जन्माउन प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम अघि बढाइरहेको छ ।
सरकारले परिवारहरूलाई आर्थिक अनुदान (सब्सिडी) दिने, बालबालिकाको पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराउने तथा बच्चा जन्मिँदा लाग्ने स्वास्थ्य उपचार खर्च कम गर्ने प्रयास गरिरहेको बताइएको छ ।


खबर सबै
-
चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ











प्रतिक्रिया