

एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय





राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा असफल भएकाहरुका लागि पूरक परीक्षा सञ्चालन गर्ने मिति तय गरेको छ ।
बोर्डले सोमबार सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने जानकारी गराएको हो ।
बोर्डका अनुसार पूरक परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ । नन–ग्रेडेड (एनजी) भएका विद्यार्थीलाई लक्षित गर्दै परीक्षा सञ्चालन गर्न लागिएको जनाइएको छ ।
यस वर्षको एसईईमा नियमिततर्फ चार लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन् भने एक लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको विस्तृत कार्यतालिका तथा परीक्षा केन्द्रसम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने जनाएको छ ।


खबर सबै
-
चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ











प्रतिक्रिया