

मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी





पूर्णचन्द्र परियार, कपिलवस्तु
विश्व रेडक्रस दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–८ चप्परगाउँस्थित युनाइटेड स्टुडेन्ट एकेडेमीमा अध्ययनरत जुनियर रेडक्रश सोसाइटीका विद्यार्थीहरुले समुदायस्तरमा मानवता, करुणा र सेवाभावसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । “कीप ह्युमानिटी एलाइभ” भन्ने नारासहित शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको सन्देश प्रवाह गर्दै बाणगंगाका विभिन्न स्थानमा पुगेर नागरिकलाई रेडक्रसको भूमिका, मानवीय सेवाको महत्व र सामाजिक उत्तरदायित्वबारे जानकारी गराएका हुन् ।
विद्यालयमा गठित जुनियर रेडक्रस सोसाइटीको आयोजनामा सम्पन्न कार्यक्रम बाणगंगा नगरपालिका अन्तर्गत बनगाई, बोडगाउँ र चारनम्बर क्षेत्रमा केन्द्रित गरिएको थियो । विद्यार्थीहरुले हातमा सन्देशमूलक प्लेकार्ड बोकेर मानवता, सहयोग र सहकार्यको भावना विकास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । विद्यालयका प्रिन्सिपल तृष्णा तिवारी घिमिरेका अनुसार विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई सामाजिक उत्तरदायित्वसँग जोडिनु अहिलेको आवश्यकता रहेको भनाइ छ । उनका अनुसार विश्व रेडक्रस दिवसको अवसर पारेर विद्यार्थीहरुलाई समुदायसँग प्रत्यक्ष जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय समाजमा बढ्दो स्वार्थ, विभाजन र असहिष्णुताबीच मानवताको भावना कमजोर बन्दै गइरहेको अवस्थामा यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।
“विद्यार्थीहरूलाई सानैदेखि सेवा, सहानुभूति र सहयोगको भावना सिकाउन सके समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ,” तिवारीले भनिन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुले नेपाल रेडक्रस सोसाइटीको स्थापना, यसको आपतकालीन उद्धार, रक्तदान, विपद् व्यवस्थापन तथा मानवीय सेवामा रहेको भूमिकाबारे स्थानीय नागरिकलाई जानकारी गराएका थिए । उनीहरुले “आउनुहोस्, सधैं मानवताको पक्षमा उभिऔँ” भन्ने सन्देशसमेत समुदायमा प्रवाह गरेका थिए । हरेक वर्ष मे ८ मा मनाइने विश्व रेडक्रस दिवस रेडक्रस तथा रेडक्रिसेन्ट आन्दोलनका संस्थापक हेनरी ड्युनाको जन्मदिनको स्मरणमा मनाइन्छ । सन् १८६३ मा स्थापना भएको अन्तर्राष्ट्रिय रेडक्रस आन्दोलनले युद्ध, प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा विश्वभर मानवीय सहायता प्रदान गर्दै आएको छ ।
नेपालमा पनि नेपाल रेडक्रश सोसाइटीले विपद् उद्धार, रक्तसञ्चार सेवा, स्वास्थ्य सचेतना तथा मानवीय सहयोगका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विश्व रेडक्रस दिवसको अवसरमा देशभर विभिन्न सचेतनामूलक कार्यक्रम, रक्तदान, र्याली तथा सामाजिक अभियान सञ्चालन गरिएका थिए । बाणगंगामा आयोजित विद्यार्थीको यो अभियानले समुदायमा मानवता, सहकार्य र सेवाभावको सन्देश फैलाउन महत्वपूर्ण योगदान पुर्याएको स्थानीयवासीले बताएका छन् ।









खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया