

आईपीएलको फाइनल अहमदाबादमा हुने



इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल रोयल च्यालेन्जर्स बेङ्लुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा नहुने भएको छ ।
भारतीय सञ्चारमाध्यममा आएका खबरअनुसार प्रतियोगिताको फाइनल गुजरात टाइटन्सको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट रंगशालामा सारिएको छ । यसअघि आईपीएलको फाइनल साविक विजेताको घरेलु मैदानमा हुँदै आएको थियो । बेङ्लुरु सन् २०२५ को च्याम्पियन हो ।
स्थानीय संघ तथा अधिकारीहरूबाट आवश्यकताहरू माग भएको र त्यो आफ्नो आचारसंहिताको दायराभन्दा बाहिर रहेका कारण फाइनल खेल हुने स्थल सार्नु परेको भारतीय क्रिकेट संघले जनाएको छ ।
अब, फाइनल मे ३१ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ । पहिलो क्वालिफायर मे २६ मा धर्मशालाको हिमान्चल प्रदेश क्रिकेट संघ (एचपीसीए)को मैदान तथा एलिमिनेट मे २७ र दोस्रो क्लालिफायर मे २९ मा पन्जाबको न्यु चण्डीगढस्थित महाराजा यादविन्दर सिंह क्रिकेट मैदानमा हुनेछ ।
के हो विवाद ?
आईपीएल २०२६ अगाडि, कांग्रेसका विधायक विजयानन्द कशप्पनवरले बेङ्लुरुको खेलका लागि प्रत्येक विधायकले कम्तीमा पाँच टिकट पाउनुपर्ने माग राखेका थिए । निर्वाचित प्रतिनिधिहरू ’भीआईपी’ भएका कारण उनीहरूले लाइन बस्नुनपर्ने उनको तर्क थियो ।
त्यसपछि, कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले बेङ्लुरुको खेलहरूमा विधायक र सांसदका लागि तीनवटा टिकट उपलब्ध गराउने घोषणा गरेका थिए ।
यो निर्णयमा भारतीय क्रिकेट संघ र बेङ्लुरुका मालिक सन्तुष्ट थिएनन् । जसको परिणाम स्वरुप आईपीएलको फाइनल अहमदाबाद सारिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया