

बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी





रुपन्देहीमा सुकुमवासी तथा अव्यवस्थित बसोवासी बस्ती नहटाउन दबाब दिन बुटवलमा प्रदर्शन गर्ने भएका छन् ।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी बिना विकल्प बस्ती खाली गर्ने कार्य भइरहेकाले त्यसलाई रोक्न दबाब दिन विरोध प्रदर्शन गर्न लागेको जनाएको छ ।
संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले केन्द्र सरकारको ठाडो निर्देशनमा रुपन्देहीका कतिपय पालिकाहरुले सुकुमवासी र अव्यवस्थित बस्ती खाली गराउन थालेकाले जिल्लाभर आतंक फैलिएको आरोप लगाएका छन् ।
उनले उचित विकल्पबिना बस्ती खाली गराउने कार्य भए सशक्त प्रतिकार हुने चेतावनी दिए ।
सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न उनको माग छ ।
अहिलेको सरकार विगतका सरकारको अविछिन्न उत्तराधिकारी भएकाले विगतका सरकार र भूमि आयोगले गरेका कामहरुको स्वामित्व अहिलेको सरकारले लिनुपर्ने पौडेलले माग गरे ।
संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले विगतका सरकारको कमजोरीका कारण वर्षौंसम्म जोतभोग र बसोबास गरेका व्यक्तिले लालपूर्जा पाउन नसकेको भन्दै अहिलेको सरकारले विस्थापित गर्ने नभई लालपूर्जा दिनुपर्ने माग गरे ।
२४ गतेको वृहत विरोध प्रदर्शनपछि स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने र त्यति गर्दा पनि जबरजस्ती गरिए सशक्त प्रतिवाद गर्ने विकले चेतावनी दिए ।
रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी गरी करिब ८० हजार परिवार रहकेो हालै विघटित भूमि समस्या समाधान आयोगको तथ्यांक छ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया