कपिलवस्तुमा ओभरलोड भारतीय ट्रकमाथि ट्राफिकको कडा एक्सन, एकैदिन २५ ट्रक कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले क्षमताभन्दा अत्यधिक भार बोकेर नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनमाथि कडा निगरानी सुरु गरेको छ। शनिबार सञ्चालन गरिएको विशेष चेकजाँच अभियानमा ओभरलोड बोकेका २५ वटा भारतीय ट्रक नियन्त्रणमा परेका छन्।

कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार ती ट्रकहरूले तोकिएको मापदण्डभन्दा झण्डै दोब्बर भार बोकेर नेपाल प्रवेश गरेका थिए। यस्ता सवारीका कारण सडक दुर्घटनाको सम्भावना बढ्ने मात्र नभई सडक तथा पुलजस्ता भौतिक संरचनामा गम्भीर क्षति पुग्ने भएकाले विशेष निगरानी थालिएको उहाँले बताउनुभयो।

नियन्त्रणमा लिइएका सबै ट्रकलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ। कारबाहीस्वरूप प्रत्येक ट्रकबाट १० हजार रुपैयाँका दरले जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

यसरी एकै दिन २५ ट्रकबाट कुल २ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

जिल्ला ट्राफिक प्रहरीले आगामी दिनमा पनि नियमविपरीत सञ्चालन हुने तथा ओभरलोड बोकेर चल्ने सवारी साधनमाथि अझ कडा निगरानी र निरन्तर कारबाही गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया

खबर सबै