

कपिलवस्तुसहित पश्चिम तराईमा बढ्याे गर्मी : जनजीवन कष्टकर बन्दै, स्वास्थ्य जोखिम बढ्दै


साझाकुरा, जितपुर | केही दिनयता बढेको अत्यधिक गर्मीले कपिलवस्तुसहित पश्चिम तराईका जिल्लाहरूमा जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि तातो हावा (लु) चल्न सुरु हुने र दिउँसो तापक्रम ३७ देखि ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको हो।
बाणगंगाका स्थानीय धनिराम चौधरीका अनुसार æबिहानदेखि नै तातो हावा चल्ने भएकाले अत्यावश्यक कामबाहेक बाहिर निस्कन सकिने अवस्था छैन। पछिल्लो एक सातादेखि तापक्रम निरन्तर बढ्दै जाँदा बजार, सडक तथा सार्वजनिक स्थलहरूमा मानिसहरूको उपस्थिति उल्लेखनीय रूपमा घटेको छ।
बढ्दो गर्मीले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारलाई सबैभन्दा बढी असर परेको छ। तातो हावाका कारण निर्माण, कृषि तथा अन्य बाहिरी काम गर्न कठिन भएको मजदुरहरू बताउँछन्। काम गर्न नसक्दा आम्दानी घटेको र परिवार चलाउन समस्या भएको उनीहरूको गुनासो छ।
कपिलवस्तुसँगै लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, दाङ, बाँके र बर्दिया लगायत तराईका जिल्लाहरूमा पनि गर्मीको राप उच्च बनेको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार बिहान तापक्रम करिब २१.१ डिग्री सेल्सियस रहने गरे पनि दिउँसो ४२ डिग्रीसम्म पुग्ने गरेको छ। विशेषगरी मध्याह्नपछि चल्ने तातो हावाले यात्रु, बटुवा तथा कामकाजी वर्गलाई बढी प्रभावित बनाएको छ।
अत्यधिक गर्मीसँगै स्वास्थ्य समस्या पनि बढ्दै गएका छन्। जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ज्वरो, टाउको दुख्ने, झाडापखाला, डिहाइड्रेसन -शरीरमा पानीको कमी) तथा गर्मीका कारण हुने अन्य समस्याका बिरामीहरूको संख्या दिनहुँ बढिरहेको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् । चिकित्सकहरूका अनुसार तातो हावा चल्दा शरीर सुक्खा हुने, अत्यधिक पसिना आउने र प्यास लाग्ने समस्या बढ्ने भएकाले सावधानी अपनाउन सुझाव छ ।
स्थानीय स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले अत्यधिक गर्मीबाट जोगिन केही घरायसी र व्यक्तिगत सावधानी अपनाउन आग्रह गरेका छन ।
प्रशस्त पानी पिउने : दिनभरि बारम्बार सफा पानी तथा झोलिलो पदार्थ सेवन गर्ने, घामबाट जोगिने : विशेषगरी बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बाहिर ननिस्कने, हल्का र खुला कपडा लगाउने : सुती तथा हल्का रङका कपडा प्रयोग गर्ने, छायाँ वा चिसो स्थानमा बस्ने : लामो समय घाममा नबस्ने, झोलिलो खानेकुरा खाने : दही, फलफूल, जुस, सागसब्जी बढी सेवन गर्ने, बालबालिका र वृद्धको विशेष हेरचाह : उनीहरू गर्मीबाट छिटो प्रभावित हुने भएकाले बढी ध्यान दिने, लु लाग्ने लक्षण देखिए तुरुन्त उपचार गर्ने, चक्कर आउने, अत्यधिक कमजोरी वा बेहोस हुने जस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जान उनीहरुको सुझाव छ ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा गर्मीको तीव्रता वर्षेनी बढ्दै गएको छ। यस्तो अवस्थामा स्थानीय सरकार तथा सरोकारवाला निकायहरूले दीर्घकालीन योजना, जनचेतना अभियान र स्वास्थ्य सेवाको पहुँच विस्तारमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
गर्मीको असर अझै केही दिन कायम रहने मौसम पूर्वानुमान रहेकाले सर्वसाधारणलाई सचेत र सावधान रहन आग्रह गरिएको छ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया