

लमही बसपार्कका अस्थायी टहरा हटाइने



दाङको लमही बसपार्क क्षेत्रमा निर्माण गरिएका अस्थायी टहरा हटाइने भएको छ । लमही नगर विकास समितिले वडा नं. ५ अन्तर्गत बसपार्क क्षेत्रमा रहेका अस्थायी टहरा हटाउने निर्णय गरेको हो ।
समितिले २०८२ चैत ८ गते ३५ दिने सूचना जारी गर्दै व्यवसायीहरूलाई टहरा खाली गर्न आग्रह गरेको थियो । उक्त सूचनाको म्याद वैशाख १२ गतेसम्म रहेको र सो अवधिभित्र टहरा खाली नगरिए वैशाख १३ गतेबाट हटाइने लमही नगर विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले जानकारी दिनुभयो ।
नगर प्रमुख चौधरीले तोकिएको समयभित्रै टहरा खाली गर्न सबै व्यवसायीलाई अनुरोध गर्नुभएको छ । “३५ दिने सूचना जारी गरेर सबैलाई जानकारी गराइसकिएको छ,” उहाँले भन्नुभयो, “निर्धारित समयमा स्वेच्छाले टहरा खाली नगरे सुरक्षा निकायको सहयोगमा हटाइनेछ।”
लमही नगर विकास समितिले उक्त क्षेत्रमा निर्माण गरिएका ३९ वटा व्यावसायिक टहरा लामो समयदेखि भाडामा उपलब्ध गराउँदै आएको थियो । तर सम्झौताअनुसार टहरा हटाउन व्यवसायी तयार नभएपछि समितिले क्षेत्र खाली गराउन सूचना जारी गरेको हो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया