

शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप

अदालतले उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।
गोल्छा बिहीबार (चैत १०) नक्सालबाट पक्राउ परेका थिए । धितोपत्रसम्बन्धी ऐन, ०६३ अन्तर्गतको कसुरमा गोल्छालाई पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको थियो । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले अदालतबाट थुनामा राख्न चार दिनको म्याद दिइएको जानकारी दिए ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ का दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा कारबाहीका लागि पक्राउ गरिएको थियो ।
सोही आधारमा अदालतबाट अनुसन्धानका लागि थुना अनुमति लिइएको छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया