कपिलवस्तुबाट ठूलो परिमाणमा लागुऔषध ‘चरेस’सहित ४ जना पक्राउ


कृष्णनगर | कपिलवस्तु प्रहरीले कृष्णनगर नजिकैको भारतीय सीमानाबाट ठूलो परिमाणमा लागुऔषध चरेस सहित चारजनालाई नियन्त्रणमा लिएको छ । कपिलवस्तुको नेपाल–भारत सिमा क्षेत्रबाट १४ किलो चरेशसहित चार जनालाई नियन्त्रणमा लिएको हो् ।
मंगलवार बेलुकी ६ बजेको समयमा कृष्णनगरबाट भारत तर्फ जादै गरेका चार जनालाई चेकजाँच गर्दा उनीहरूको साथबाट चरेश बरामद भएको प्रहरीले बताएको छ । विशेष सूचनाको आधारमा दिउँसोदेखि नै सीमा क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गरेको थियो । पक्राउ परेकाहरुमा तीन जनामहिला र एक पुरूष छन् । उनीहरूले कम्मरमा पेटी बनाएर उक्त चरेश भारततर्फ लैजाँदै गरेका थिए ।

पक्राउ परेका चारैजना भरिया रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमा बाग्लुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३४ को नकुल घर्ती मगर, सोही ठाउँको वडा नम्बर ९ बस्ने वर्ष ३७ कि दिल कुमारी घर्ती मगर, वर्ष ३७ कै मनिषा घर्ती मगर र रुकुम पुर्वको भुमे गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४० कि दिलकुमारी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय कपिपलवस्तुका प्रहरी नायब उपरिक्ष रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन् ।
पक्राउ परेका चारैजना उपर आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै