

कपिलवस्तुमा शृंखलाबद्ध रूपमा सुन चोरी गर्ने पाकिस्तानी गिरोह पक्राउ


डिलाराम भुसाल : कपिलवस्तु प्रहरीले सुन चोरीको आरोपमा चार पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुई महिला र दुई पुरुष छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्य र प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार वैशाख १ गते कपिलवस्तुको चन्द्रौटाबाट दुई महिलालाई र वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई पुरुषलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार चन्द्रौटामा पक्राउ परेका महिलाको बयानका आधारमा गिरोहका अन्य सदस्यको पहिचान गरी थप दुईजनालाई पक्राउ गरिएको हो। चैत १ गते शिवराज नगरपालिकाको चन्द्रौटास्थित सुनचाँदी पसलमा चोरीको घटनापछि सुरु गरिएको अनुसन्धानले संगठित गिरोहको जालो बाहिर ल्याएको प्रहरीले जनाएको छ।
विमानस्थलबाट पक्राउ पर्नेमा २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफर रहमान रहेका छन्। उनीहरूबाट १७ हजार १३६ अमेरिकी डलर, ३२५ साउदी रियाल, १ हजार ६१५ बंगलादेशी टाका, ५ युएई दिराम र १८५ मलेसियन रिंगेट बरामद गरिएको छ। साथै, इन्फिनिक्स र आइफोन १६ मोबाइल एक–एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।
यसअघि पक्राउ परेका २० वर्षीया बिबी कसलुम र ४१ वर्षीया सबाना सुन किन्ने बहानामा पसलमा प्रवेश गरी गहना हेर्दै चोरी गर्ने गरेको सिसिटिभी फुटेजमा देखिएको थियो। चोरीपछि उनीहरूले मास्कमाथि बुर्का प्रयोग गरी पहिचान लुकाउने गरेका थिए।
उनीहरूले चन्द्रौटास्थित पसलबाट सुनको झुम्का चोरी भागेका थिए। पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि खोजी गर्दा केही पर उनीहरू फेला परेका थिए र प्रहरीको नियन्त्रणमा आएका थिए।
प्रहरीले ती महिलाबाट ३८ लालको सुनको झुम्का, ८६ हजार ४० रुपैयाँ, पाकिस्तानी मुद्रा ३० र दुई थान पासपोर्ट बरामद गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूले तौलिहवाको चोक बजारस्थित बागेश्वरी ज्वेलर्स र सच्चिदानन्द ज्वेलर्सबाट समेत सुन चोरी गरेको खुलेको छ।
गत चैत २८ गते बागेश्वरी ज्वेलर्सबाट एक तोलाको सुनको गहना र चैत ३० गते सच्चिदानन्द ज्वेलर्सबाट करिब ३ लाख ८३ हजार रुपैयाँबराबरको सुनको सिक्री चोरी गरेका थिए।
उक्त गिरोहले इटहरी, मोरङ र बुटवलमा समेत सुन चोरी गरेको भन्दै सम्बन्धित प्रहरी कार्यालयहरूमा उजुरी परेको बताएको छ। प्रहरी उपरीक्षक आचार्यले संगठित अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको उल्लेख गर्दै भने, ‘यो गिरोह योजनाबद्ध रूपमा विभिन्न जिल्लामा पुगेर सुन चोरी गर्ने गरेको देखिएको छ।’
प्रहरी नायब उपरीक्षक सिंहले अनुसन्धान जारी रहेको बताउँदै पक्राउ परेका चारैजनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया