

नयाँ वर्षमा ‘जगदिशपुर ताल’ प्रर्वद्धन अभियान, ‘डिजिटल प्रतियोगिता’मार्फत संरक्षणको प्रयास


कपिलवस्तु — कपिलवस्तुको प्रमुख पर्यटकीय तथा प्राकृतिक धरोहरको रुपमा रहेको जगदीशपुर ताल लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित “कपिलवस्तु डिजिटल प्रतियोगिता २०८३” सुरु गरिएको छ । स्थानीयस्तरमा तालको सौन्दर्य, सम्भावना र संरक्षण सन्देशलाई डिजिटल माध्यमबाट फैलाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो।
आयोजकका अनुसार सहभागीहरूले जगदीशपुर तालको आकर्षक भिडियो तथा सामग्री निर्माण गरी सामाजिक सञ्जाल टिकटक र फेसबुक मार्फत सार्वजनिक गर्न सक्नेछन्। प्रतियोगितामा उत्कृष्ट सामग्री प्रस्तुत गर्नेहरूलाई नगद पुरस्कार प्रदान गरिने जनाइएको छ, जसअन्तर्गत प्रथम हुनेलाई ५ हजार रुपैँया, द्वितीयलाई ३ हजार र तृतीय हुनेलाई २ हजार पुरस्कार तोकिएको छ । आयोजकले पोष्ट भएका भिडियो सामग्रीमा वास्तविक लाइक र भ्यूजका आधारमा पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यसैसँगै, नयाँ वर्ष २०८३ को अवसर पारेर “जगदीशपुर ताल विकास यात्रा” कार्यक्रम पनि घोषणा गरिएको छ। बैशाख १ गते ताल परिसरमा आयोजना हुने कार्यक्रममा ताल परिक्रमा, खुला छलफल तथा जनताको सुझाव संकलन गरिने भनिएको छ। कार्यक्रममा सहभागी भई स्थानीयले आफ्नो विचार राख्न, समाधान खोज्न तथा ताललाई व्यवस्थित र पर्यटकीय केन्द्रका रूपमा विकास गर्न योगदान दिन सक्नेछन्।

आयोजकले जगदीशपुर ताल कपिलवस्तुको गौरव र अमूल्य प्राकृतिक सम्पदा भएकाले यसको दिगो विकास र संरक्षणका लागि सामूहिक आवाज आवश्यक रहेको उल्लेख गरेको छ। डिजिटल प्रतियोगिता र विकास यात्रामार्फत युवालाई सिर्जनात्मक रूपमा जोड्दै तालको पहिचान विस्तार गर्ने अपेक्षा गरिएको छ।
“नयाँ वर्ष, नयाँ सोच—जगदीशपुर तालबाट विकासको सुरुवात” भन्ने नारासहित आयोजना गरिएको यस अभियानले कपिलवस्तुको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास पनि लिइएको छ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया