

बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु




गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका–४ मिसुकामा बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप जिप अचानक ब्रेक फेल भएर स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो ।
मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा पुर्याएर उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । गम्भीर हुनेमा जमुना ढेंगा, सुमित्रा ढेंगा, पार्वती ढेंगा, पम्फा ढेंगा, कुमारी पुन ढेंगा, मिना सनामी छ । अन्य पाँचजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,











प्रतिक्रिया