

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ



पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज (चैत १६) सुनुवाइ हुँदै छ ।
नेकपा (एमाले)का अध्यक्ष ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै आइतबार (चैत १५) बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । रिट निवेदकका तर्फबाट सर्वोच्चमा बहसपछि ओलीको थुनाबारे टुंगो लाग्नेछ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नभई पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको उनले रिटमा जिकिर गरेकी छन् ।
नेपाली कांग्रेसका नेता लेखकलाई पनि थुनामुक्त गर्न मागसहित उनकी पत्नी यशोदाले सर्वोच्चमा रिट दायर गरेकी हुन् । उनलाई थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको रिटमा जिकिर गरिएको छ । उनलाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराएर थुनामुक्त गर्न माग गरिएको छ ।
कार्की आयोगको प्रतिवेदनका आधारमा शनिबार (चैत १४) प्रहरीले भक्तपुरस्थित उनीहरूका निवासबाट ओली र लेखकलाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले भने उनीहरूलाई पाँच/पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार (चैत १५) प्रहरीलाई अनुमति दिएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया