
आईडीएफको ‘ठूलो हमला’, इरानका गुप्तचर प्रमुख मारिएको इजरायली दाबी

इजरायल रक्षा बल (आईडीएफ)ले इरानका गुप्तचर प्रमुख इस्माइल खताइबलाई आक्रमण गरेको छ । इजरायली सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएका हुन् ।
‘जेरुसेलम पोस्ट’का अनुसार, केही इरानी सञ्चारमाध्यमहरूले पनि यस आक्रमणको प्रयासबारे जानकारी दिएका थिए । यद्यपि, खताइबको अवस्थाका बारेमा हालसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
रिपोर्टका अनुसार, यो आक्रमण मंगलबार राति गरिएको थियो । बुधबार एक स्रोतले जेरुसेलम पोस्टलाई बताएअनुसार उक्त आक्रमण सफल भएको छ । तर, यसको नतिजाबारे हालसम्म आधिकारिक रूपमा पुष्टि भइसकेको छैन ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले बुधबार आफ्ना सेनाले इरानका गुप्तचर प्रमुख खताइबलाई मारिसकेको दाबी गरेका छन् । काट्जले खताइबको मृत्युको घोषणा गर्दै बुधबार दिउँसो सबै मोर्चाहरूमा महत्त्वपूर्ण र आश्चर्यचकित पार्ने घटनाक्रमहरू हुने अपेक्षा गरिएको भनेका छन् । यद्यपि, उनले यसको बारेमा विस्तृत जानकारी भने दिएनन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया