

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने



काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए । अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन् ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाह आजको समापन समारोहमा सहभागी हुने जानकारी दिएका छन् ।
उपसभापति अर्यालले शुभकामना मन्तव्य राख्ने क्रममा सम्भव भएसम्म दुवै नेता बुधबारको कार्यक्रममा सहभागी हुने जानकारी दिए । यद्यपि रास्वपाले कार्यक्रमको सेड्युलमा बुधबार सभापति लामिछाने सहभागी हुने उल्लेख गरेपनि शाहबारे केही खुलाएको छैन ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया