

सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन



सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्जतर्फ हिँडेका सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका पाँच र लेकबेँसी नगरपालिका–८ गङ्गटेका एक गरी छ व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएका छन् ।
सिकार खेल्न जानेहरूमा ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती र गङ्गटेमा घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही फागुन २३ गते सिकार खेल्न भनी घरदेखि १७ किलोमिटर दक्षिणमा पर्ने निकुञ्जतर्फ गएको र सँगै गएकामध्ये टोपबहादुर खत्रीको मृत्यु भएको मृतकका भिनाजु आसे महताराले जानकारी दिनुभएको छ । महताराले प्रहरी चौकी रानीघाट सुर्खेतमा आज बिहान सम्पर्कविहीन व्यक्तिबारे जानकारी दिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बुढ्थापाले बताउनुभयो ।
जानकारी प्राप्त भएसँगै सत्यतथ्य बुझ्नका लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरी नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेर खोजतलास गरिरहेको उहाँले जानकारी दिनुभयो । खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ । रासस


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया