

गगनलाई राजीनामा नदिन कांग्रेसका केन्द्रीय सदस्यहरूकाे आग्रह



नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सभापति गगनकुमार थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका छन् । शनिबार बिहान बालुवाटारमा सभापति थापालाई भेटेर नेताहरूले राजीनामा नदिन सुझाएका हुन् ।
सहमहामन्त्री प्रकाश रसाइलीकाे नेतृत्वमा, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईँलगायत नेताहरू सभापति थापालाई भेट्न पुगेका थिए ।
भेटमा समसामयिक घटनाक्रम, चुनावी समीक्षालगायतको विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।
हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा कांग्रेसको लज्जास्पद हार भएपछि सभापति थापाले राजीनामा दिने बताएका थिए । सभापति थापाले यसअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले राजीनामा दिने मनस्थिति बनाएको जिकिर गरेका थिए ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया