

हिमाली तथा पहाडी क्षेत्रमा आज होली पर्व मनाईंदै, भिडभाड गर्न रोक



फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने प्राचीन परम्परा हो ।
केही वर्षअघिसम्म काठमाण्डौ उपत्यका र शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण सभ्य बन्दै गएको छ । सडकमा हिँड्ने व्यक्तिलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ ।
फागुपर्वको अघिल्लो दिन सडकमा फोहोर पानी छ्याप्ने गतिविधि पनि देखिएको छैन । आज काठमाण्डौको वसन्तपुरमा गाडिएको ‘चिर’ विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगी जलाउने परम्परा छ । चिरमा राखिएका ध्वजापताका औषधोपचारमा उपयोगी हुने विश्वासका साथ लिइन्छ र चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास छ । तराई–मधेस क्षेत्रमा भने भोलि होली मनाउने परम्परा छ ।
यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै भीडभाड र तामझाम नगरी होली मनाउन आग्रह गरेको छ । यसपालि कुनै संघसंस्था वा कलाकारलाई कन्सर्ट तथा साङ्गीतिक कार्यक्रम गर्न दिइएको छैन ।
प्रहरीले चोक–चोकमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरीले भिडभाड नगरी होली मनाउन आग्रह गरेको छ । फागुपर्व नेपालका साथै भारत लगायत विभिन्न देशमा फरक–फरक नाम र परम्परामा मनाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ नामले, चीन मा ‘च्वेज’ नामले, र अमेरिका मा ‘होबो’ नामले समान प्रकृतिका उत्सव मनाइने उल्लेख पाइन्छ ।
यस्तै श्रीलङ्का, इन्डोनेसिया, म्यान्मार, थाइल्यान्ड, जापान र इजिप्ट लगायतका देशमा पनि विभिन्न सांस्कृतिक रूपान्तरणसहित समान प्रकृतिका उत्सव मनाइन्छन् । नाम फरक भए पनि सबै ठाउँमा आपसी सद्भाव, सामाजिक एकता र उत्साह अभिवृद्धि गर्नु नै यसको मूल उद्देश्य रहेको पाइन्छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया