

मध्यपूर्वमा तनाव, कतारमा पनि हान्यो इरानले मिसाइल




इरानले कतारमा पनि आक्रमण गरेको छ।
कतारको दोहास्थित अमेरिकी हवाई सेनाको अल उदैद सैन्य अड्डालाई लक्ष्य गरेर शनिबार दिउँसो इरानले मिसाइल हानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
दोहामा विस्फोटका आवाजहरू सुनिएको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
कतारको हवाई प्रतिरक्षा प्रणालीले इरानी मिसाइल नस्ट गरेको जनाइएको छ।
कतारको हवाई अड्डा अमेरिकाको मध्यपूर्वमा रहेकोमध्ये सबैभन्दा ठूलो सैन्य अड्डा हो।
गत जुन महिनामा अमेरिकाले इरानमा हमला गर्दा पनि इरानले कतारमा रहेको सोही सैन्य अड्डालाई लक्ष्य गरेर मिसाइल हानेको थियो।
कतारी रक्षा मन्त्रालयले शनिबारको आक्रमणलाई सफलतापूर्वक रोकेको जनाएको छ।
अमेरिका र इसराइलले शनिबार बिहान इरानमा आक्रमण गरेपछि इरानले जबाफस्वरूप इसराइल र मध्यपूर्वका विभिन्न देशहरूमा आक्रमण गरेको छ।
इरानले यसअघि नै अमेरिकाले हमला गरे त्यसको प्रत्युत्तरमा मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डा निशानामा पर्ने चेतावनी दिएको थियो।
इरानले कतारसँगै, युएई, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ।
यसले मध्यपूर्वमा क्षेत्रीय तनाव उत्पन्न गराएको छ।
मध्यपूर्वका सबैजस्ता देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन्।
मध्यपूर्व हुँदै उड्ने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले उडान रद्द गरेका छन्।
अधिकांश देशहरूले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित बस्न भनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि विशेष सैन्य अपरेसन थालिएको बताएका छन्।
इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमा नेतृत्व परिवर्तन हुने दाबी गरेका छन्।
ट्रम्पले पनि इरानमा जनताको हातमा शासनसत्ताको नियन्त्रण आउन सक्ने अवस्था सिर्जना हुने बताएका छन्।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया