

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको बताएका छन् ।
चितवनमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले भदौ २३ र २४ मा सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै समुह र व्यक्ति भएको बताएका हुन् ।
उनले भने- ‘पहिला स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी ताकी गोलि हानियो, त्यसपछि संरचना जलेका हुन् । जल्नु हुदैनथ्यो, गलत भयो तर गोलि ठोक्न हुदैनथ्यो मान्छे मार्न हुदैनथ्यो, त्यहीबाट ब्रिग्रिएको हो । आज पनि सिंहदरबार कसले जलायो भन्छन् । सिंहदरबार त्यसले जलायो, जसले सिंहदरबारलाई भ्रष्टचारको अखडा बनायो ।’
उनले आफुलाई अन्तिम इच्छा सोधिएको उल्लेख गर्दै फागुन २१ मा अन्तिम इच्छा पुर्याइदिन आग्रह गरेका छन् । उनले मतदातालाई आग्रह गर्दै पुराना दलले देश बनाउछन् भन्ने विश्वास अझै पनि छ भने सबै मत उनीहरुलाई नै दिन आग्रह गरेका थिए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया