

निर्वाचनको दिन आन्तरिक उडान बन्द, पर्यटकलाई सटल बस सुविधा



२१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ ।
नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइजरी जारी गर्दै यसबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा चल्नेछन् ।
बोर्डले निर्वाचनको समयमा पनि नेपाल पर्यटकका लागि खुला रहने र सुरक्षित रहने भन्दै त्यसका लागि सरोकारवाला निकायसँग समन्वय समेत गरिरहेको बताएको छ ।
त्यसैगरी बोर्डले निर्वाचनको दिन विमानस्थलदेखि होटल र होटलदेखि विमानस्थलसम्म सटल बस सेवा प्रदान गर्न इच्छुक कम्पनीका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पासको व्यवस्था गर्न आवश्यक सिफारिसपत्र समेत दिन सम्पर्क व्यक्ति तोकेको छ ।
बोर्डले निर्वाचनको समयमा सीमानाका भने निर्वाचन हुनुभन्दा ७२ घण्टा पहिले बन्द हुने भन्दै सूचित समेत गरेको छ । सोही दिन देशभरिका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा महत्त्वपूर्ण ऐतिहासिक स्थल समेत खुला रहने समेत जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया