

नेपाल र बंगलादेशको खेल बराबरीमा सकियो

मसिर २, काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ ।
नेपालले पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो । बल पोसेसनमा जोड दिएको नेपालले केहि आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेन । बल पकडमा राखेपनि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डलाई कठिनाइ भएको थियो ।
खेलको तेस्रो मिनेटमा दर्शन गुरुङको फ्रिकिक क्लियर भएर आएपछि तेज तामाङले झन्डै ३० यार्ड टाढाबाट गरेको भली गोलरक्षक अशरफुल रानाले बचाए । त्यसपछि दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरेपनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो । नेपालले खेलको १९ औं मिनेटमा नै खेलाडी परिवर्तन गरेको थियो । कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए ।
२३ औं मिनेटमा बंगलादेशका सुमन रेजाले पेनाल्टी क्षेत्र बाहिरवाट गरेको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । २८ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र सादले उद्दीनले दिएको क्रसलाई अनन्त तामाङले क्लियर गर्दै नेपालको खतरा टारे । ३१ औं मिनेटमा जिबनको क्रसमा सुमन रेजाको प्रहार फितलो हुँदा गोलरक्षक किरण चेम्जोङले सहजै बचाए ।
३३ औं मिनेटमा एरिक विष्टको प्रहारमा अनन्तको हेडरले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा विश्वनाथ घोषको लामो थ्रोमा गोलरक्षक किरण झुक्किएपनि बंगलादेशले फाइदा उठाउन सकेन । ३९ औं मिनेटमा बंगलादेशी कप्तान जमाल भुयाँको फ्रिकिकलाई किरणले बचाए ।
दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै पुजन उपरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । ५६ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । छिरिङ गुरुङको लो क्रसमा नवयुग श्रेष्ठ र सुजल श्रेष्ठ दुवैले पेनाल्टी क्षेत्रभित्र सट प्रहार गर्न सकेनन् । त्यसको दुई मिनेटपछि साद उद्दीनले बढाएको बललाई किरणले अगाडी बढेर रोक्दै खतरा टारे ।लगत्तै अनन्तले उत्कृष्ट डिफेन्स गर्दै बंगलादेशको अर्को आक्रमण विफल पारे ।
७० औं मिनेटमा विकास खवासले प्रहार गरेको लामो दुरीको फ्रिकिक आकासियो । ७१ औं मिनेटमा नेपालले दुई परिवर्तन गर्दै सेसेहाङ आङदेम्बे र रवि पासवानलाई मैदान प्रवेश गरायो । सेसेहाङ दर्शनको स्थानमा र रवि अन्जनको स्थानमा मैदान प्रवेश गरेका थिए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा रजिन धिमालको फ्रिकिकलाई कप्तान जमालले क्लियर गर्दै खेल बराबरीमा नै राखे । इन्ज्युरी समयको दोस्रो मिनेटमा रजिन धिमालको क्रसमा नवयुग श्रेष्ठको हेडर पोस्टमा लागेर फर्कंदा नेपाल अन्त्तिम समयमा जित दर्ता गर्नबाट बन्चित भयो ।
यस नतिजासँगै सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । पहिलो खेल २(० ले जितेको बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि घरेलु मैदानमा राख्न सफल रहयो ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया