

टी-२० विश्वकपमा नेपालको लज्जास्पद हार : इटाली १० विकेटले विजयी



नेपालले इटालीसँग लज्जास्पद हार बेहोरेको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इटालीले नेपाललाई १० विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटालीले १२.३ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
इटालीका ओपनर दाजुभाई जस्टिन मोस्का र एन्थोनी मोस्काले शानदार ब्याटिंग गरेका थिए । जस्टिनले ६० रन बनाए भने एन्थोनीले ६२ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.३ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको थियो ।
नेपालका लागि आरिफ सेखले २७, कप्तान रोहित पौडेलले २३ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २० र दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए । त्यसैगरी करण केसीले अविजित १८ रन बनाएका थिए ।
त्यस्तै इटालीका बलर क्रिशान कालुगामाजले ३ र बेन मानेनटीले २ विकेट लिएका थिए । त्यस्तै जेजे स्मुटस, जसप्रित सिंह र अलि हसनले एक एक विकेट लिएका थिए ।
यो हारपछि नेपालको सुपर ८ मा पुग्ने सम्भावना कठिन बनेको छ । अब नेपालले अर्को खेल आइतबार वेस्ट इण्डिज सँग खेल्ने छ भने फेब्रुअरी १७ मा स्कटल्याण्डसंग खेल्ने छ ।
त्यस्तै इटालीले भने पहिलो पटक विश्वकप खेल्दै नेपालविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । पहिलो खेल स्कटल्याण्डसँग हारेको इटालीले यो खेल जितेर २ महत्वपूर्ण अंक हासिल गरेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया