

विश्वकप वार्मअप खेलमा नेपालको लगातार दोस्रो जित, क्यानडा ६ विकेटले पराजित



काठमाडौँ । नेपलाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ ।
क्यानडाले दिएको १६२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि असिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले ४४ रन बनाए भने गुलशन झाले ३१ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको हो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ४१ रन बनाएका थिए भने श्रेयस मोभ्वाले ३८, कनवरपाल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र कुशल भुर्तेलले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए ।
अब नेपालले टी-२० विश्वकप अन्तर्गत फेब्रुअरी ८ मा इङल्यान्डविरुद्ध खेलेर विश्वकपको शुरुवात गर्ने छ ।
आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया