

प्रदेशसभा बैठकमा दुई विधेयकमाथिको सैद्धान्तिक छलफल सकियाे





लुम्बिनी । लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथिको सैद्धान्तिक छलफल बुधबार सकिएको छ ।
प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा आज दलित अधिकारसम्बन्धी विधेयक तथा जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो ।
प्रदेश सरकार सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलित अधिकारसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ समेतमन्त्री तिमिल्सिनाले दिए । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य इन्द्रजित थारु, लोककुमारी विश्वकर्मा र विष्णु पन्थीले भाग लिएकी थिइन् ।
यसैगरी स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गरे ।
त्यसैगरी, महालेखा परीक्षकको प्रतिवेदन २०८२, मुस्लिम आयोगको प्रतिवेदन तथा मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पनि मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सभामा पेस गरे ।
आजको बैठकमा प्रदेशसभा सदस्य यमबहादुर सार्की, रत्नबहादुर खत्री, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, इन्द्रजित थारु र भोजप्रसाद श्रेष्ठले समसामयिक विषयमा धारणा राखेकी थिइन् । प्रदेशसभाको अर्को बैठक माघ २० गते बस्नेछ ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया