

भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन





पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको चाहनालाई समर्थन गरेको छ । पीसीबीले आईसीसीलाई पत्र लेख्दै बंगलादेशलाई आफ्नो समर्थन व्यक्त गरेको बताइएको छ ।
क्षेत्रीय राजनीतिक अवस्थालाई उद्धृत गर्दै पीसीबीले बंगलादेश टोलीले यस समयमा भारतमा नखेल्ने निर्णय जायज रहेको बताएको छ । यस पत्रको प्रतिलिपि आईसीसी बोर्ड सदस्यहरूलाई पनि पठाइएको छ । सुरक्षा कारणले गर्दा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) श्रीलंकामा खेल तालिका मिलाउन आइसीसीलाई आग्रह गरेको छ तर आइसीसीले असम्भव भएको भन्दै आजसम्म अन्तिम निर्णय लिन अल्टिमेटम दिएको छ ।
श्रीलंका र भारत संयुक्त आयोजक भए पनि, आईसीसीले बंगलादेशलाई श्रीलंकामा खेल्न अनुमति दिएको छैन । गत हप्ता बीसीबीसँगको बैठकमा पनि यसले यो अडान स्पष्ट पारेको थियो ।
बंगलादेशका टी-२० कप्तान लिटन दासले २०२६ को टी-२० विश्वकपमा बंगलादेशको सहभागिताको बारेमा अनिश्चितता स्वीकार गरेका छन् । उनले यो अनिश्चितता आईसीसीले स्थलको बारेमा अझै अन्तिम निर्णय नगरेको कारण उत्पन्न भएको बताएका छन् ।
भारतीय क्रिकेट नियन्त्रण बोर्डले बंगलादेशी क्रिकेटर मुस्ताफिजुर रहमानलाई आईपीएलको कोलकाता नाइट राइडर्स टोलीबाट हटाउने आदेश दिएपछि यो विवाद उत्पन्न भएको थियो ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया