
महानगर कार्यपालिकाले कुर्सी खाली राखेर ‘बालेन’लाई दियो धन्यवाद

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले मेयर बालेन्द्र शाह (बालेन)को राजीनामा पछि धन्यवाद ज्ञापन गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले बालेनले दिएको राजीनामाबारे कार्यपालिकामा जानकारी गराउँदै धन्यवाद प्रस्ताव पेस गरेकी थिइन् । जसमा कार्यपालिका सदस्यहरूले धन्यवाद प्रस्ताव सर्वसम्मतले पास गरेका हुन् ।
बालेनले महानगरमा पुर्याएको योगदान र आगामी दिनमा समेत सुझाव दिन अनुरोध गर्दै धन्यवाद दिइएको हो । धन्यवाद प्रस्ताव कार्यपालिकामा लैजानु अघि मेयर बालेनलाई बोलाइएको थियो । तर बालेन भने आएनन् ।
उनी नआएपछि कार्यवाहक प्रमुख डंगोलले बालेनको कुर्सी छेउमा खाली राखेकी थिइन् । ‘उहाँलाई बोलाएका हो तर आउनुभएन, खैर केहि छैन । उहाँले गरेको योगदानको आधारमा धन्यवाद दिएका छौँ,’ एक कार्यपालिका सदस्यले भने ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया