

महानगर कार्यपालिकाले कुर्सी खाली राखेर ‘बालेन’लाई दियो धन्यवाद



काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले मेयर बालेन्द्र शाह (बालेन)को राजीनामा पछि धन्यवाद ज्ञापन गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले बालेनले दिएको राजीनामाबारे कार्यपालिकामा जानकारी गराउँदै धन्यवाद प्रस्ताव पेस गरेकी थिइन् । जसमा कार्यपालिका सदस्यहरूले धन्यवाद प्रस्ताव सर्वसम्मतले पास गरेका हुन् ।
बालेनले महानगरमा पुर्याएको योगदान र आगामी दिनमा समेत सुझाव दिन अनुरोध गर्दै धन्यवाद दिइएको हो । धन्यवाद प्रस्ताव कार्यपालिकामा लैजानु अघि मेयर बालेनलाई बोलाइएको थियो । तर बालेन भने आएनन् ।
उनी नआएपछि कार्यवाहक प्रमुख डंगोलले बालेनको कुर्सी छेउमा खाली राखेकी थिइन् । ‘उहाँलाई बोलाएका हो तर आउनुभएन, खैर केहि छैन । उहाँले गरेको योगदानको आधारमा धन्यवाद दिएका छौँ,’ एक कार्यपालिका सदस्यले भने ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया