

मौसमविदले गरे अर्को हप्ता पानी पर्ने प्रक्षेपण



हिउँद निख्रिन अब डेढ महिना मात्रै छ। सामान्यतया नेपालमा हिउँदयाम भनेर मंसिर १५ देखि फागुन १५सम्मका अवधिलाई मानिन्छ।
हिउँद सुरू भएको डेढ महिनामा एक झर पानी परेन। जताजतै सुख्खा लागेर हिउँदे कमाइ नै प्रभावित भएको छ।
वायु मण्डल विषाक्त बन्दै गएको छ। धुवाँधूलोले सास फेर्न पनि मुस्किल छ। डढेलोको समस्या पनि बाक्लिन थालेको छ।
मौसमविदहरूले अर्को हप्ताबाट त्राण मिल्ने बताएका छन्। मौसमविद विनोद पोखरेलले अर्को हप्ता हिउँदे वर्षाको सम्भावना रहेको बताएका छन्। उनका अनुसार आगामी हप्ताबाट नेपालमा पश्चिमी वायु पानी पर्ने गरी प्रवेश गर्नेछ। यसले एक हप्तासम्म प्रभावित पार्ने सक्ने देखाएको छ। यद्यपि यसले बाटो मोड्न सक्ने सम्भावना रहेको पनि उनले बताएका छन्।
‘मौसम पूर्वानुमानले अर्को हप्ता शुक्रबार, जनवरी २३ देखि नेपालभरि पहिलो हिउँदको वर्षा हुने राम्रो सम्भावना देखाएको छ। र, यो एक हप्तासम्म प्रभावित हुन सक्छ। पश्चिमी न्यूनचापीय प्रणालीले आफ्नो बाटो परिवर्तन गर्न सक्छ र पूर्वानुमान परिवर्तन हुन सक्छ, म आगामी दिनहरूमा अद्यावधिक गर्नेछु,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया